Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन्।

पक्राउमध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077