Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा छैन : प्रचण्ड

सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा छैन : प्रचण्ड

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको राजनीति जटिल हुँदै गएको बताएका छन् ।

राष्ट्रिय प्राध्यापक संगठनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता नभएको बताए।

उनले भने,’हामी सबैले पनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन। यसो भन्दा प्रचण्ड सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन। अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फटेबल फिल गरेको छु, रिल्याक्स छु। जनताको बीचमा गएको छु।’

उनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे।

अध्यक्ष प्रचण्डले आफूलाई ठूलो संघर्षबाट ल्याएको व्यवस्था र संविधानमाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077