Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका घरहरुमा डोजर चलाएको हो ।

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।

तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ।

नगर प्रहरीका अनुसार चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन लागेको छ ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077