Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 198
    SHARES

    काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा समितिको ५३ औं बैठक सिंहदरबारमा सुरु भएको हो ।



    बैठकमा मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल हुनेछ ।



    छलफलका लागि राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरूका विद्यमान समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न १५ कार्यसूची राखिएका छन्।

    ती कार्यसूचीमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैंक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, संघ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदान, १६ औं आयोजनाको कार्यान्वयन योजना समेटिएका छन्।

    त्यस्तै आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल संकलन विनियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना रहेका छन्।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघ र प्रदेश सरकारका सचिवहरूलगायत सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार