Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - रविको मुद्धा अदालतमा गइसक्यो, अब अदालतले बोल्छ

कांग्रेस प्रवक्ता महतले भने - रविको मुद्धा अदालतमा गइसक्यो, अब अदालतले बोल्छ

शुक्रवार , कार्तिक ३०, २०८१

रुकुम। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखेरै प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा गरेको एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए।

प्रवक्ता महतले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ। त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्‍यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’

पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने उनको भनाई छ । कांग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ।

आफ्नो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम आफुहरुबाट नहुने बताए । कांग्रेस सत्तामा भएकै कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने आफुहरुले नगर्ने प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077