Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नक्कली नोटसहित दाङबाट चार जना पक्राउ

नक्कली नोटसहित दाङबाट चार जना पक्राउ

शुक्रवार , कार्तिक ३०, २०८१

दाङ । दाङ प्रहरीले नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट१२ थान नक्कली नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका-९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077