Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दार्चुला जिप दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

शुक्रवार , कार्तिक ३०, २०८१

धनगढी । मालिकार्जुन जात्राबाट फर्कने क्रममा जिप दुर्घटनामा परी घाइते भएकालाई सेनाको हेलिकप्टरबाट धनगढी ल्याइएको छ ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित चार जनालाई सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो।

घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

सेनाको हेलिकप्टरले घाइते जिप चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी ल्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077