Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तस्करी गर्दै गरेका साढे ६ लाखका मोबाइल कभरसहित सामान बरामद

तस्करी गर्दै गरेका साढे ६ लाखका मोबाइल कभरसहित सामान बरामद

शुक्रवार , कार्तिक ३०, २०८१

धनगढी । कैलालीबाट मोबाइल कभरसहित भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी–३ ट्राफिक चौहारा र राजघाट, धनगढी–९ त्रिबेणीघाट, जोशीपुर–१ पिपरकोटी र जोशीपुर–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख २२ हजार ५५२ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, बिडी, मोबाईल कभर, तिलको तेल, पर्दा, पटाका लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीकाअनुसार बरामद गरिएका अवैध मोबाइल कभर आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077