Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यी हुन् दार्चुला जीप दुर्घटनामा मृत्यु भएका ८ जना [नामावलीसहित]

यी हुन् दार्चुला जीप दुर्घटनामा मृत्यु भएका ८ जना [नामावलीसहित]

शुक्रवार , कार्तिक ३०, २०८१

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको परिचय खुलेको छ ।

आज बिहान मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप बगजेबलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।

६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा, सुजित बोहरा तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।

घाइतेहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077