Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दार्चुलामा जिप दुर्घटना : ६ जनाको मृत्यु, ७ घाइते

दार्चुलामा जिप दुर्घटना : ६ जनाको मृत्यु, ७ घाइते

शुक्रवार , कार्तिक ३०, २०८१

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गरे ।

मृतकको सनाखत हुन बाँकी छ । उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजि भइरहेको छ ।

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको बतायएको छ । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077