Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौंमा एकै परिवारका तीन जनाको शव सडेको अवस्थामा फेला

काठमाडौंमा एकै परिवारका तीन जनाको शव सडेको अवस्थामा फेला

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका तीन जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालकको शव भेटिएको हो ।

मृतक सीताका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरी समक्ष पुगेका थिए । सो खबरपछि प्रहरी उनको घरमा पुगेको थियो ।

प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव मृत अवस्थामा भेटिएका थिए । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

तीन जनाकै शव सडेको अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077