Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही साढे दुई लाख दिने घोषणा

विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही साढे दुई लाख दिने घोषणा

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

बिहीबार बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077