Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

म प्रधानमन्त्री हुँदा गफ नदिइ काम गरे, देशमा तरंग ल्याए : माधव नेपाल

म प्रधानमन्त्री हुँदा गफ नदिइ काम गरे, देशमा तरंग ल्याए : माधव नेपाल

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री भएका बेला देशमा तरंग ल्याएको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू नौ महिना सरकारमा बसेका बेला उदाहरण प्रस्तुत गर्दै सो दाबी गरेका हुन् ।

उनले उक्त अवधिमा गफ नगरी काम गरेर देखाएको र नौ महिनाको सरकारको कार्यकालले देशमा तरंग ल्याएको उल्लेख गरे।

‘आफ्नो गाउँ, आफैँ बनाउँ’ अभियान, वृद्धभत्ता वितरण, र ६० हजार सुकुम्बासी परिवारलाई जग्गा वितरणजस्ता कार्य उदाहरणीय रहेको उनको भनाइ थियो । यस्तै उनले देशको मुख्य समस्या सरकारको अस्थिरता नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077