Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राष्ट्रपति पौडेल बाकुबाट स्वदेशका लागि प्रस्थान

राष्ट्रपति पौडेल बाकुबाट स्वदेशका लागि प्रस्थान

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुबाट नेपालका लागि प्रस्थान भएका छन् ।

यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर राष्ट्रपति पौडेल आज त्यहाँबाट नेपालका लागि प्रस्थान भएका हुन् ।

उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कँदै छन् । राष्ट्रपति पौडेललाई यहाँस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाई गरे। अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु गएका थिए ।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञरसल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077