Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल प्रहरीका इन्स्पेक्टर अधिकारी अनिवार्य अवकाशमा

नेपाल प्रहरीका इन्स्पेक्टर अधिकारी अनिवार्य अवकाशमा

बिहिवार , कार्तिक २९, २०८१

संखुवासभा । नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अशोक राज अधिकारी अनिवार्य अवकाशमा गएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत इन्स्पेक्टर अधिकारी अनिवार्य अवकाशमा गएका हुन् ।

उनलाई बिहीबार एक विशेष कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिदाई गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंको पत्रका आधारमा अधिकारीलाई अनिवार्य अवकाश प्रदान गरिएको हो ।

२०५१ सालको कार्तिक २० गते प्रहरी जवानको रूपमा नियुक्त भएका अधिकारीले ३० वर्षसम्म अविछिन्न रूपमा नेपाल प्रहरी संगठनमा सेवा गरेका छन् । आफ्नो कार्यकालभरी देश र जनताको सेवा र सुरक्षामा समर्पित अधिकारीले संगठनले सुम्पेका जिम्मेवारीहरू निष्ठापूर्वक पूरा गरेका थिए ।

बिदाइ कार्यक्रममा अधिकारीले आफ्नो कार्यकालको अनुभव र प्रहरी सेवामा गरेका उल्लेखनीय योगदानहरूबारे चर्चा गर्दै भने, “मैले सधैं प्रहरी संगठनले दिएको जिम्मेवारीलाई त्रुटीरहित ढंगले निभाएको छु। यो स्वच्छ प्रहरी संगठनबाट अवकाश भए तापनि आगामी दिनमा संगठनको हक(हितका लागि आफ्नो भूमिका निभाइरहने छु।”

उक्त बिदाई कार्यक्रममा प्रहरी अधिकृतहरू, सहकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077