Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कार्यवाहक सभापतिको विषयमा रास्वपाभित्र विवाद छैन : सन्तोष परियार

कार्यवाहक सभापतिको विषयमा रास्वपाभित्र विवाद छैन : सन्तोष परियार

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीभित्र गुट-उपगुट नरहेको प्रष्ट पारेका छन् ।

सिंहदरवारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र कुनै गुट-उपगुट नरहेको जिकिर गरे। कार्यवाहक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ।

उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए। प्रमुख सचेतक परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुलारूपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए।

त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए।

उनले सरकारको रवैयाविरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रूपमा नै अघि बढाउने बताए। उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077