Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अछाममा असईमाथि छानविन थालिँदै, राजिनामा दिने धामीको तयारी

    अछाममा असईमाथि छानविन थालिँदै, राजिनामा दिने धामीको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २९ कार्तिक २०८१
  • 1.5K
    SHARES

    अछाम । अछाममा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) महेश सिंह धामी कुटपिट प्रकरणमा छानविन हुने भएको छ । आचरण विपरित काम गरेपछि जिल्ला प्रहरी कार्यालय अछामले उनीमाथि समिति बनाएरै छानविनको तयारी थालेको हो ।

    जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई धामीमाथि यही कार्तिक १४ गते राति कुटपिट भएको थियो । मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो ।



    असई धामीले देउसी भैलो टिमसँग विवाद गर्न खोजेपछि घटना घटेको बताइएको छ । तर कार्तिक १४ गते राति भएको घटनालाई गुपचुप राखिएको थियो । असई धामीको आफ्नै गल्ती भएका कारण घटनालाई गुपचुप राख्न खोजिएको बताइएको छ ।



    तर जिल्ला प्रहरी कार्यालय अछामले उनलाई जिल्ला तानेर छानविन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट असई धामीको कमजोरी रहेको पत्ता लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले उनीमाथि छानविन गर्ने तयारी भइरहेको जानकारी दिए । तर असई धामीले जागिरबाटै राजिनामा दिने भनेपछि प्रहरी अलमलमा परेको छ । जागिर खाएको लामो समय भइसकेको भन्दै धामीले राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

    यद्धपी आफूले आचरण विपरित काम गरेका असईमाथि समिति बनाएरै छानविन गर्ने डीएसपी भण्डारीले बताए । दोधारमा रहेको अछाम प्रहरी अब समिति बनाएर छानविन गर्छ की असई धामीले राजिनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

    यस्तै असई धामीमाथि कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको अछाम प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार