Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गर्ने एक महिला पक्राउ

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गर्ने एक महिला पक्राउ

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थायी ठेगाना भएकी कुमारी जानकी बोगटी रहेकी छन् ।

सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उजुरी प्राप्त भएसँगै अनुसन्धानका क्रममा बोगटीको संलग्नता खुलेपछि उनलाई सुर्खेतबाट पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट साइबर अपराधमा ५ दिन म्याद गरेर आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077