Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

१३ अंकले नेप्से बढ्दा १० अर्ब ३२ करोडको कारोबार

१३ अंकले नेप्से बढ्दा १० अर्ब ३२ करोडको कारोबार

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १३.९५ अंकले बढेर बन्द भएको छ।

१३ अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको हो । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो। १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढे ।

तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077