पर्सा । प्रहरीले साढे २२ केजी चरेशसहित पर्साबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, सोही ठाउँका २० वर्षीय रामलाल सहनी र भारतको विहार मोतीहारी सामपुर-९ का २९ वर्षीय मुकेश कुमार रहेका छन्।
वीरगञ्ज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालिस फिट्टे सडकखण्डमा लागुऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूलाई चरेशसिहत पक्राउ गरेको हो ।
उनीहरूले कालो झोला र सेतो प्लाष्टिकको बोरा लिई शंकाष्पद रूपमा बसेको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो ।
त्यसक्रममा लुकाइ छिपाई राखिएको ४५ प्याकेट लागुऔषध चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिप्याकेट ५०० ग्रामका दरले २२ केजी ५०० ग्राम फेला भेटिएको र उनीहरू विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान पर्सा प्रहरीले जनाएको छ।
Leave a Reply