Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डडेल्धुरा कांग्रेसले भन्यो - परराष्ट्रमन्त्री राणालाई फूलमालासहित स्वागत गर्नू

डडेल्धुरा कांग्रेसले भन्यो - परराष्ट्रमन्त्री राणालाई फूलमालासहित स्वागत गर्नू

बिहिवार , कार्तिक २९, २०८१

धनगढी । नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई फूलमालासहित स्वागत गर्न सूचना जारी गरेको छ ।

डडेल्धुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागत गर्न उर्दी जारी गरेका हुन् ।

पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री राणा शुक्रबार डडेल्धुरा पुग्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।

महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्‍त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन विज्ञप्ति उल्लेख गरिएको छ ।

साथै क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरू लगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन कांग्रेस डडेल्धुराको उर्दी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077