Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : बयानका लागि कुमार रम्तेललाई ल्याइयो काठमाडौं

सहकारी ठगी प्रकरण : बयानका लागि कुमार रम्तेललाई ल्याइयो काठमाडौं

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगीमा पूर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

रम्तेल तत्कालिन सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष हुन् । प्रहरी स्रोतका अनुसार रम्तेलको बयान आजबाट लिइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077