Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धनगढीमा मिनिट्रकले दियो स्कुटरलाई ठक्कर, अवस्थी अस्पताल भर्ना

धनगढीमा मिनिट्रकले दियो स्कुटरलाई ठक्कर, अवस्थी अस्पताल भर्ना

बुधवार , कार्तिक २८, २०८१

कैलाली । कैलालीको धनगढीमा मिनि ट्रकले स्कुटरलाई ठक्कर दिएको छ ।

बुधबार करिब ५ बजेतिर धनगढी उपमहानगरपालिका–१ चकमेली बजारमा धनगढी–१३ कैलाली गाउँ बस्ने ४० वर्षीय यज्ञराज भट्टराइले चलाएको से १ क ३८४ नम्बरको मिनी ट्रकले धनगढी–१ शिवनगर बस्ने ५८ वर्षीय लोकेन्द्र अवस्थीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ५५९३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

सो ठक्करबाट स्कुटर चालक अवस्थी घाइते भएका छन् । उनको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी मिनि ट्रकले ठक्कर दिएपछि सडक भन्दा बाहिर उछिट्टिएका थिए । घाइतेलाई निसर्ग अस्पताल पठाइको छ भने ठक्कर दिने मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थलोको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077