Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सहकारी ठगीमा मुछिएका धनराज गुरुङसँग सिआइबीले लियो बयान

सहकारी ठगीमा मुछिएका धनराज गुरुङसँग सिआइबीले लियो बयान

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बयान लिएको छ ।

उनीमाथि मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप लागेको छ । सोही प्रकरणमा सिआइबी आज उनीसँग ६ घण्टा बयान लिएको हो ।

स्रोतका अनुसार सिआइबीले धनराजसँग दिउँसो १२ बजेदेखि अहिले साँझ पाँच बजेसम्म बयान लिएको थियो । हिजो मात्रै धनराजले अनुसन्धानमा सहयोग गर्ने एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए ।

त्यपपछि आज उनीमाथि सिआइबीले सोधपुछ गरेको छ भने कागजसमेत गरेको बताइएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो ।

तर अहिले धनराजले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । धनराज सहकारीको पैसा हिनामिना नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077