Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अब माओवादीको उकालो यात्रा शुरू भयो : प्रचण्ड

अब माओवादीको उकालो यात्रा शुरू भयो : प्रचण्ड

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको आरोलो यात्रा सकिएर अब उकालो शुरू भएको बताएका छन् ।

आफ्नै निवास खुमलटारमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अहिले एकातिर माओवादी एकताको क्रम शुरू भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उनको दाबी छ ।

विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको प्रचण्डको भनाइ छ । उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077