Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महिला यू-१९ विश्वकप एसिया छनोट : युएईले दियो नेपाललाई ८४ रनको लक्ष्य

महिला यू-१९ विश्वकप एसिया छनोट : युएईले दियो नेपाललाई ८४ रनको लक्ष्य

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा घरेलु टोली युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो ।

युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।

५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् ।

पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077