Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार रहेकी दिव्य पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेकी दिव्य पक्राउ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा फरार रहेकी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेकी हुन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–९ का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो २ करोड ५० लाख रुपैयाँ जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा १० लाख रुपैयाँ जम्मा गराउने ठहर गरेको थियो ।

फैसलालगत्तै उनी फरार भएका थिए । प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077