Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • उद्योगमा पुरानै बिल पठाउँछौं, महसुल नउठे सरकार जिम्मेवार हुन्छ : कुलमान घिसिङ

    उद्योगमा पुरानै बिल पठाउँछौं, महसुल नउठे सरकार जिम्मेवार हुन्छ : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • बुधबार, २८ कार्तिक २०८१
  • 276
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूमा विद्युत महसुलको पुरानै बिल पठाउने बताएका छन्।

    बुधबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।



    मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने उनले बताए।



    घिसिङले पुरानै बिल पठाउने र उद्योगले नतिरे सरकार जिम्मेवार हुने बताए। मन्त्रिपरिषद् बैठकको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगलाई टाट पल्टिने गरी विद्युत लाइन काट्न नमिल्ने बताएका थिए ।

    कार्यकारी निर्देशक घिसिङले मन्त्रिपरिषद् निर्णयलाई चुनौती दिनेगरी पुरानै बिलका आधारमा महसुल तिर्नुपर्ने बताएका हुन् । लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगीको महसुल विवाद लामो समयसम्म सल्टेको छैन।

    मन्त्रिपरिषद्को निर्णयपछि पनि प्राधिकरणले टीओडी डाटाअनुसारको बिल भन्दै पुरानै बक्यौता रकम असुलीका लागि उद्योगहरूमा पत्र पठाएको थियो । त्यो सही नै भएकाले त्यसमा कुनै संशोधन गर्नु नपर्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार