Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुप्रिम सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग लिखित बयान लिन सुरु

सुप्रिम सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग लिखित बयान लिन सुरु

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । पोखराबाट भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग लिखित बयान लिन सुरु गरिएको छ ।

सहकारी ठगीबारे अनुसन्धानका लागि भैरहवा ल्याइएका सभापति लामिछानेसँग आज लिखित बयान लिन सुरु गरिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

मंगलबार सुरु गरिएको बयान पूरा नभएपछि बुधबार पुन: लिन सुरु गरिएको हो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना लगायत आरोपमा अनुसन्धानका लागि उनलाई मंगलबार मध्यान्ह बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो ।

यहाँ ल्याउने वित्तिकै बयानका लागि लामिछानेलाई सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतले लामिछानेको बयान लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077