Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले मूल्य घटेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ।

कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077