Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको भ्रमणअघि चीन जाँदै परराष्ट्रमन्त्री राणा

प्रधानमन्त्री ओलीको भ्रमणअघि चीन जाँदै परराष्ट्रमन्त्री राणा

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते चीन जाने भएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् ।

प्रधानमन्त्री ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बेइजिङ जान लागेको परराष्ट्रमन्त्रालय स्रोतले बतायो ।

प्रधानमन्त्री ओली मंसिरको तेस्रो साता चीनको राजकीय भ्रमणमा जाँदै छन् ।

त्यसको तयारी गर्न कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित ८ सदस्यीय संयन्त्रले परराष्ट्र मन्त्री राणालाई आवश्यक संयोजन गर्न निर्देशन दिएको थियो।

यसअगाडि प्रधानमन्त्रीको भ्रमणअघि चीनले नेपालका परराष्ट्रमन्त्रीलाई चीनले धेरै बोलाउने गरेको थिएन्।

तर यसपटक भने चीनले आरजुलाई बोलाएर प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077