Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नागढुंगास्थित सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

नागढुंगास्थित सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । सिस्ने खोलास्थित त्रिभुवन राजपथमा आंशिक रूपमा यातायात बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कात्तिक २९ देखि मंसिर ५ सम्म बिहान ११ बजेदेखि २ बजेसम्म यातायात आंशिक रूपमा सञ्चालन हुनेछ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सिस्ने खोला क्षेत्रमा ‘स्लोप कटिङ’ गर्न लागेकाले यस क्षेत्रमा आंशिक रूपमा यातायात बन्द गर्न लागिएको हो।

सो समयावधिमा एम्बुलेन्स र सुरक्षा निकायबाहेकका सवारीसाधन दुईतर्फी रूपमै २० मिनेट बन्द र २० मिनेट खुला रहने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077