Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

बुधवार , कार्तिक २८, २०८१

काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

बताउँदै जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077