Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बैतडीमा जेठानीको चिर्पट प्रहारबाट देउरानीको मृत्यु

बैतडीमा जेठानीको चिर्पट प्रहारबाट देउरानीको मृत्यु

मंगलवार , कार्तिक २७, २०८१

बैतडी । जेठानीले काठको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ।

बैतडीको डिलाशैनी गाउँपालिका २ छेपट्टामा ३० वर्षीया दीपा बोहराले आफ्नै देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकी हुन्।

घरायसी विवादका कारण दीपाले सुनिताको टाउकोमा चिर्पटले प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सोमबार बेलुकी ८ बजे जेठानी दीपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएकी थिइन्। घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा खटिएको छ।

चिर्पटले हानेर देउरानीको हत्या गर्ने दीपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077