Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु

हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु

मंगलवार , कार्तिक २७, २०८१

मकवानपुर । मकवानपुरको हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन् । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् ।

गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो ।

टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077