Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रविलाई रूपन्देही ल्याउँदा प्रदर्शन गर्दै रास्वपा, सुरक्षा व्यवस्था कडा

रविलाई रूपन्देही ल्याउँदा प्रदर्शन गर्दै रास्वपा, सुरक्षा व्यवस्था कडा

मंगलवार , कार्तिक २७, २०८१

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल ल्याउँदा नेता कार्यकर्ताहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि आज रुपन्देही ल्याइँदै छ । सोही क्रममा रास्वपाले भैरहवामा प्रदर्शन गर्ने भएको हो ।

भैरहवाको बुद्धचोकबाट र्‍यालीसहित जिल्ला प्रहरी कार्यालय हुँदै देवकोटा चोकमा आएर कोणसभा गर्ने रास्वपा रूपन्देहीले जनाएको छ । लामिछानेलाई बुटवल ल्याए लगत्तै आजै बयान सुरु गरिने प्रहरीले जनाएको छ ।

सहकारी ठगी र सङ्गठित अपराध कसूरमा यही कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077