Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आजदेखि गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान गर्दै कतार एयरवेज

आजदेखि गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान गर्दै कतार एयरवेज

मंगलवार , कार्तिक २७, २०८१

भैरहवा । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ पुग्नेछ ।

भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन अपराह्न २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट अपराह्न ४ः४५ बजे काठमाडौं हुँदै दोहा प्रस्थान गर्ने तालिका छ।

कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077