Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

श्रम स्वीकृतिबिनै विदेशमा काम गरिरहेका नेपालीले अब सहजै स्वीकृति पाउने

श्रम स्वीकृतिबिनै विदेशमा काम गरिरहेका नेपालीले अब सहजै स्वीकृति पाउने

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । श्रम स्वीकृतिबिना विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको हो ।

“यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउने छन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ । तर, नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो,” मन्त्री शरतसिंह भण्डारीले भने ।

श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077