Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कैलालीमा बाख्रा चोरेको भन्दै एक युवकको हत्या, संलग्न ५ जना पक्राउ

कैलालीमा बाख्रा चोरेको भन्दै एक युवकको हत्या, संलग्न ५ जना पक्राउ

सोमवार , कार्तिक २६, २०८१

धनगढी । कैलालीमा बाख्रा चोरेको आरोपमा एक युवकको हत्या भएको छ।

गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिट गरी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भूलमाथि बाख्रा चोरी गरेको निहुँमा कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते भएका भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले भूलमाथि कुटपिट गर्ने कान्तिपुरका ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भूल, १८ वर्षीय युवक, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077