Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बुधवार , कार्तिक २१, २०८१

बाँके । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुरबाट एक जना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई पक्राउ गरेको हो।

थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077