Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौंबाट छुटेको बस मकवानपुरमा पल्टिँयो, ३५ जना घाइते

काठमाडौंबाट छुटेको बस मकवानपुरमा पल्टिँयो, ३५ जना घाइते

बुधवार , कार्तिक २१, २०८१

मकवानपुर । मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते भएका छन् ।

काठमाडौंबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ समिडाँडामा बस पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो ।

घाइतेमध्ये २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अरुको हेटौँडामा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077