Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धाप ड्यामको पानी बाग्मती नदीमा छाडिने

धाप ड्यामको पानी बाग्मती नदीमा छाडिने

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्व मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ ।

उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि वाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।

एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ ।

वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए ।

“धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्न १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उनले भने, “विषेश दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छाड्दै आएका छौँ ।”

समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077