Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नवलपरासीमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु

नवलपरासीमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु

मंगलवार , कार्तिक २०, २०८१

नवलपरासी । नवलपरासीमा गैंडाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एक जना वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६५ वर्षीय सुकबहादुर बोटे रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार वनमा गाईवस्तु चराउने क्रममा बोटेमाथि गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको छातीमा गम्भीर चोट लागेको थियो। उपचारको लागि कालिगण्डकी अस्पताल पुर्‍याइएको थियो।

चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077