Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गोकर्णेश्‍वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकर्णेश्‍वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मालकबारीस्थित सडकमा बा. प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हनेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउलेका २१ वर्षीय दिनेश तामाङ रहेका छन् ।

उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077