Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने

सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । आजदेखि सरकारी कार्यालय खुल्दैछन् । तिहार पर्वको बिदापछि आजबाट सरकारी कार्यालय खुल्न लागेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077