Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरो खसेका कारण बेनी–जोमसोम सडक अवरुद्ध

पहिरो खसेका कारण बेनी–जोमसोम सडक अवरुद्ध

सोमवार , कार्तिक १९, २०८१

म्याग्दी । बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ।

वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न आग्रह गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङगलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077