Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नदीमा नुहाइरहेका दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा नुहाइरहेका दुई बालिकाको मृत्यु, एक बेपत्ता

सोमवार , कार्तिक १९, २०८१

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेका थिए ।

स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077