Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

सोमवार , कार्तिक १९, २०८१

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन ।

नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् ।

आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077