Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

परिवर्तनशिल युवा क्लबले गर्‍यो देउसी–भैलोबाट साढे तीन लाख संकलन

परिवर्तनशिल युवा क्लबले गर्‍यो देउसी–भैलोबाट साढे तीन लाख संकलन

सोमवार , कार्तिक १९, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिका-१ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ ।

मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो । लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा देउसी–भैलो खेलिएको क्लबले जनाएको छ ।

करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो । सो क्लब र विद्यालयले खेलेका सो भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ ।

हरेक वर्ष सो क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।

सो क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ भने सामाजिक कार्य पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077