Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सोमवार , कार्तिक १९, २०८१

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

राप्ती गाउँपालिका ५ कमलरोडका २२ वर्षीय प्रेम राना मगरको मृत्यु भएको हो।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका ५ बैंकरोड नजिकै दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो।

अचेत अवस्थाका फेला परेका मगरलाई लमही अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077